Sunday, April 19News That Matters

उकाली लाग्दैँ गरेको सुनको भाउ आज ओरालीयो

पूर्णपुष्टि, भदौ २३
उकाली लाग्दैँ गरेको सुनको भाउन आज ओरालीएको छ । आज सुनको भाउमा भारी गिरावट आएको छ । सुन आज तोलामा ७ सय रुपैयाँले घटेर तोलामा ९० हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बजारमा सुन प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्यमा पनि तोला १० रुपैयाँको गिरावट आएको छ । आज चाँदीको प्रतितोला मूल्य १ हजार २ सय २० रुपैयाँ कायम भएको छ । हिजो तोलामा १ हजार २ सय ३० रुपैयाँ कायम भएको चाँदी आज तोलामा १० रुपैयाँले घटेको हो ।