
पूर्णपुष्टि, वैशाख १८ गते ।
स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै मुख्य निर्वाचन अधिकृत दिपक खनालले निर्वाचन अधिकृतको कार्यालय निरीक्षण गर्नुभएको छ । निर्वाचन आयोगको तालिका बमोजिम हिजो उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिएसंगै उम्मेदवारहरु भोट माग्न व्यस्त हुन थालेका छन् । निर्वाचन अधिकृतको कार्यालयको तयारी, मतदान स्थल लगायतका विषय बुझ्न भन्दै मुख्य निर्वाचन अधिकृत खनानले कटारीस्थित अधिकृतको कार्यालय तथा सो क्षेत्रका मतदान स्थलको निरिक्षण गर्नुभएको हो ।
