पूर्णपुष्टि, माघ ११ । उदयपुरको चौदण्डीगढीमा हात्तिको आतंक बढ्दै गएको छ । चौदण्डीगढी नगरपालिका वडा नं ५ सिवाई र बेल्हा बस्तिमा जंगली हात्तिको आतंक बढ्दै गएको हो ।
आज बिहान २ बजेको समयमा बेल्हाका छेवल चौधरीको घर दुई हात्तिले भत्काएर ढुकुटीको धान समेत नष्ट गरिदिएको बेल्हा आधारभूत विद्यालयका प्रधानाध्यापक भास्कर चौधरीले बताए । प्रधानाध्यापक चौधरीका अनुसार यस क्षेत्रमा हरेक वर्ष यसैगरी जंगली हात्ति आएर स्थानीयवासीलाई त्रसित पार्ने र धन सम्पत्तिमा क्षती पु¥याउँने गरेको छ ।
हात्ति आतंकबाट बच्न या रोकथामको लागि वडाभरी सबैले विद्युतीय तार राख्न सुझाव दिएको वडाध्यक्ष तुलसीराम ढकाले बताए । उनका अनुसार स्थानीयवासीको ५ वटा घरमा क्षती पु¥याइ सिावाइ माध्यामिक विद्यालयको ५० मिटर घेराबेरासमेत भत्काइ दिएको छ । उक्त घटनामा मानवीय क्षती भने भएको छैन ।