Wednesday, January 14News That Matters

उदयपुरकाे एउटा चर्चा लायक प्रतिष्ठित प्रतियाेगिता ‘नारदमुनी थुलुङ स्मृती गोल्डकप’ -भिडियाे

पूर्णपुष्टि/उदयपुर, पुस २१ ।
उदयपुरको एक प्रतिष्ठित प्रतियोगिता हो नारदमुनी थुलुङ स्मृती गोल्डकप फुटबल प्रतियोगिता । यसको १० औं संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको उदयपुरको बसाहा क्लव, ११ औं संस्करणको तयारीमा जुटेको छ । आगामी माघ १५ गतेदेखि आयोजना गर्ने गोल्डकपलाई थप भब्य र विशिष्ट बनाउन तयारीमा जुटेको हो । चौदण्डीगढी नगरपालिकाको वडा नं. ४ बसाहास्थित नारदमुनी थुलुङ रङ्गशालामा सञ्चालन हुदै आएको यो गोल्डपक उदयपुरमा निरन्तर र धेरै संस्करण आयोजना हुन सफल प्रतियोगिता हो । यो बसाहा मात्र हैन उदयपुर जिल्लाकै प्रतिष्ठित प्रतियोगिता हो । एतिहासिक ब्यक्तित्व, प्रजातान्त्रिक सेनानी स्व. नारदमुनी थुलुङको नाम र प्रतिष्ठासंग जोडिएको यो गोल्डकपको आप्mनै गर्बिलो इतिहास र दर्बिलो संरचना छ । नारदमुनी थुलुङ स्मृती गोल्डकप फुटबल प्रतियोगिता कसरी सुरु भयो ? १० औं संस्करणसम्म सञ्चालनको अनुभव, अवको ११ औं संस्करणको तयारी र स्व. नारादमुनी थुलुङको महिमा र प्रतिष्ठा के छ ? सो बारेमा बसाहा क्लवका संस्थापक सचिव एवम् बर्तमान अध्यक्ष दिनेश राई र क्लवका उपाध्यक्ष अञ्जल किराँतीसंग चर्चा गरिएको छ । (विस्तृतमा भिडियाे हेर्नुहाेस् ।)