
पूर्णपुष्टि, १५ जेष्ठ । उदयपुरका अग्रज पत्रकार श्याम राई सम्मानित भएको छ । सोमबार गणतन्त्र दिवसको अवसरमा राईलाई कोशी प्रदेश सरकारले एक लाख नगद राशि र सम्मान पत्रले सम्मान गरेको हो ।
राई लामो समयदेखी उदयपुरमा रहेर पत्रकारीता गर्दै आएका थिए । राई सहित सुनसरीका प्रदीप मियाङ्गो र मोहन भण्डारी पनि सम्मानित भएका छन् । राई द हिमालय टाईम्समा कार्यरत थिए भने मियाङ्गो कान्तिपुरमा कार्यरत पत्रकार हुन् यता भण्डारी उद्घोष दैनिकको सम्पादक हुन् । उनिहरु तिनै जनालाई कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीले सम्मान गरेको हो ।


