
पूर्णपुष्टि, ३ जेष्ठ । उदयपुरका क्रियाशिल पत्रकारहरुलाई निशुल्क चस्मा वितरण गरिएको छ । बुधबार ३० औँ मदन आश्रीत स्मृति दिवसको अवसरमा मदन भण्डारी आखाँ अस्पताल नेत्रज्योति संघले ३६ जना पत्रकारहरुलाई चस्मा प्रदान गरेको हो । गत चैत्र १३ गतेका दिन नेपाल पत्रकार माहासंघको ६८ औँ स्थापना दिवसको अवसर पारी उदयपुरमा रहेको ५६ जना सक्रिय पत्रकारहरुलाई संघकै आयोजनामा निशुल्क आँखा सिविर संञ्चालन गरेका थिए । सोही सिविरमा चस्मा लगाउन पर्ने आवश्यक पत्रकारहरुका लागि चस्मा उपलब्ध गराएको हो । संघका अध्यक्ष भागवत राउतले पत्रकारहरु समाजका आँखा रहेको जनाए । पत्रकारहरुले समाजलाई प्रष्ट पार्नु पर्ने जिम्मेवार रहेकाले पहिले पत्रकारहरुको आँखा स्वास्थ्य रहनु पर्ने जनाए । उनले पत्रकार र आफ्नो संस्थाका उदेश्य एउटै रहेको समेत जनाए । पत्रकारले समाजलाई आँखा देखाउँछ, हामी दृष्टि बिहिनहरुलाई आँखा देखाउँछौ, । भागवतले भने ।






