Friday, July 17News That Matters

उदयपुरका दुई वालिका सुनकोशीमा बेपत्ता

पूर्णपुष्टि, असार २२
उदयपुरमा आज सुनकोशीले बगाएर दुई बालीका बेपत्ता बनाएको छ । त्रियुगा नगरपालिका १४ साउनेकी १३ वर्षिया विपना राई र १२ वर्षिया विना राई बेपत्ता भएको वडाध्यक्ष होमबहादुुर मगरले बताउनुभयो । वडाध्यक्ष मगरका अनुसार सिसाखोला दोभान धाप्लाङघाटबाट दिउसो करिब २ बजेको समयमा उनीहरुलाई बगाएको हो । दिउसो पौडी खेल्ने क्रममा उनीहरुलाई कोशीले बगाएको थियो ।

बालिकाहरु गाईबस्तु चराउन गएको बेला गर्मीले पौडि खेल्न कोशी पसेका थिए । जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराका अनुसार कोशीमा बेपत्ता उनीहरुको खोजी कार्य भइरहेको छ । परिवार, गाउँले र प्रहरीले खोजी कार्य गरेपनि साँझ अबेरसम्म फेला परेको छैन । आज रात परेपछि खोजी स्थगित गरी भोली खोजिने भएको छ । कोशीको नाकाहरुमा भने प्रहरी तैनाथ राखिएको एसपी बोहराले बताउनुभयो ।
ध्चष्तभ तय द्यजयतचबव च्बष्