पूर्णपुष्टि, मंसिर १४
उदयपुरका निर्वाचित उम्मेदवारहरु बिजयी उत्सव मनाउन व्यस्त रहेको छ । हिजो मंगलबार प्रत्यक्ष तर्फको सबै अन्तिम मतपरिणाम आईसक्दा धमाधम बिजयी उत्सव मनाउन निर्वाचित सांसदहरु व्यस्त रहेको हो । प्रनिधि सभा सदस्यमा क्षेत्र नं १ को मंगलबार राति मात्रै अन्तिम मत परिणाम सार्वजानिक भएको थियो । सो क्षेत्रमा कांग्रेसका डा. नारायण खड्काले जित निकालेका थिए । जित सँगै रातिनै नाराजुलु लगाउन मतगणना स्थल बाहिरा उपस्थित कार्यकर्ताहरुको भिँड रहेको थियो । यस क्षेत्रमा सबै गठबन्धनका उम्मेदवारहले जित निकाल्न सफल भएका थिए । प्रदेशसभा (क) मा माओवादीक केन्द्रका राजन किराँती वासु र (ख) मा हिमाल कार्की बिजयी बनेका थिए भने खड्का प्रतिनिधि तर्फ निर्वाचित थिए । २ नं क्षेत्रमा भने यस केहि दिन अघिनै अन्तिम मत परिणाम सार्वाजानिक गरे सँगै बिजयी उत्सवहरु समेत मनाईसकिएको अवस्था छ ।
बोलेको बाचा पुरा गछौँ
बिजयी उत्सवमा नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा. नारायण खड्काले चुनाव अघि जनताको लागि बोलेको कुरा पुरा गर्ने जनाएका छन् । खड्का सहित प्रदेश सांसदमा निर्वाचित कार्की र किरातीले पनि आफ्नो बाचा पुरा गर्ने थप प्रतिवद्धता दिएको छ । गठबन्धनबाट बिजयी उनिहरुले जनताको आधारभूत आवश्यकतालाई जोड दिने र अन्य आफ्नो बाचाहरु समेत पुरा गर्ने उनिहरुले जनाए । प्रतिनिधि सभा तर्फ खड्काले एमालकी मन्जु कुमारी चौधरीलाई पराजित गरेका थिए भने प्रदेश तर्फ किरातीले एमालेका कुसलबावु वस्नेत र कार्कीले इश्वरमणी राउतलाई हराएका थिए ।
