
पूर्णपुष्टि, ३ बैशाख ।
उदयपुरबाट पहिचानवादी नेता तथा कार्यकर्ताहरु मंगलबार इलाम जाने भएको छ । इलाम २ को उपनिर्वाचन सभामा पहिचानवादी उम्मेदवार डेकिन्द्र थेगिमको चुनावी सभामा सहभागी हुन उदयपुरबाट किरात राई यायोक्खाका संघीय सदस्य तथा पहिचानवादी युवा नेता मनि राईको नेतृत्वमा २० जना पहिचानवादी युवा नेताहरु सहभागी इलाम जाने भएको हो ।
इलाममा ४१ घटकद्वारा आयोजित आमसभामा विशेषगरी धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ, राजनीतिक विश्लेषक खगेन्द्र सग्रौला, याक्थुम चुम्लुङका संघीय अध्यक्ष प्रेम यक्तेन, किरात राई यायोक्खाका संघीय उपाध्यक्ष तथा पहिचान आन्दोलनका वार्ता टोलीका प्रवक्ता युवराज राई, उम्मेदवार डकेन्द्र थेगिम लगायतको मनतव्य सुन्न र स्वतन्त्र उम्मेदवार थेगिमलाई साथ सहयोग गर्न उदयपुरको टोली त्यसतर्पm जान लागेको पहिचानवादी नेता भुपेन्द्र राईले जानकारी दिए ।
संघीय सदस्य राईका अनुसार पहिचानवादी युवा नेताहरुमा भुपेन्द्र राई, प्रशान्त राई, शेखर चाम्लिङ, गौतम राई, नेपाल आदिवासी जनजाति महासंघ चौदण्डीगढीका अध्यक्ष मनिकुमार राई, महिला नेतृ गोमादेवी राई, पत्रकार राजेन्द्र दुष्ट गलायतका नेताहरु सहभागी हुने छन् ।
१ नं। प्रदेशको नाम ‘कोशी’ राखिएपछि असन्तुष्ट पहिचान पक्षधरले विभिन्न चरणको आन्दोलन गर्दै आएका छन् । फलस्वरुप इलाम क्षेत्र नं। २ मा संघीय संसदको उप निर्वाचनमा पहिचानवादीले पनि ४१ घटकको साथ सहायोगले थेगिमलाई साझा उम्मेदवार उठाएका हुन् । थेगिमको चुनाव चिह्न भने हातले बुनेको मुढा रहेको छ ।
