
पूर्णपुष्टि, बैशाख ३ । झापाको शिवसताक्षी नगरपालिका–७ स्थितमा रहेको कन्काई सिंचाई आयोजनाको नहरमा डुबेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–१० का ओम बहादुर बस्नेतको १२ बर्षिय छोरा बिवेक बस्नेत रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । आईतबार बिहान साढे १० बजे बालक नहरको साईफन जालीमा अड्किएर मृत अवस्थामा फेला परेका थिए । मृतक बालकको शवलाई कानूनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागी मोरङको मंगलबारे अस्पताल पठाईएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भईरहेको छ ।
