
पूर्णपुष्टि, ३ बैशाख ।
उदयपुरमा माओवादी केन्द्र चौदण्डीगढीले वडा स्तरीय सम्मेलनलाई तीव्रता दिइएको छ । दुई वर्षे कार्यकाल सकिनै लागेपछि गत १५ चैतदेखि १ नंं। वडाको चौदण्डीबाट सुरु भएको सम्मेलनलाई १० वटै वडाहरुमा सम्पन्न हुनेगरी सम्मेलन सुरु भएको हो ।
यसअघि सम्पन्न भएका वडाहरु १, ३, ४, ६ र १० मा क्रमश, राजकुमार राई, उमेशचन्द्र राई, विजय राई, तार्जन राई र दिवश रोइलालाई सर्वसम्मत अध्यक्षमा चयन भएको नगर सचिव कुमार राईले बताए । वाँकी ५ वटा वडामध्ये ८ नंं। वडाको सिद्धिपुरमा भने आगामी ८ गते गर्ने निर्णय भएको पनि उनले जानकारी दिए ।
वडा सम्मेलनमा १ नं। प्रदेशका संसद राजन किराती ‘वासु’को प्रमुख आतिथ्यतामा भइरहेको पार्टीका नगर अध्यक्ष दिनेश राईले जानकारी दिए । पार्टीको विधानतः प्रत्येक वडा समितिको अवधि २ वर्षे कार्यकाललाई अन्त्यपछि पुनः नयाँ समिति गठन गर्दै आएको अध्यक्ष राईले बताए ।
