Friday, June 5News That Matters

उदयपुरका ७ पालिकामा मेयर देखी सदस्यसम्मका ८७ जनाले लिए उम्मेदवारी फिर्ता

पूर्णपुष्टि, बैशाख १६

उदयपुरको ७ पालिकामा ८७ जनाले उम्मेदवारी मनोनयन फिर्ता लिएको छ । जिल्लाको त्रियुगा नगरपालिका, बेलका नगरपालिका, कटारी नगरपालिका, रौतामाई गाउँपालिका, उदयपुरगढी गाउँपालिका, चौदण्डीगढी नगरपालिका र लिम्चुङबुङ गाउँपालिका गरी जम्मा ७ पालिकामा ८७ जनाले उम्मेदवारी फिर्ता लिएको हो । ८ पालिका मध्ये ७ पालिकाको मात्र उम्मेदवारी पत्ता लागेको छ । यता ताप्ली गाउँपालिकामा भने निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क हुन सकेन् ।
शुक्रबार उम्मेदवारी फिर्ता लिने अन्तिम दिन उदयपुरमा दलहरुले टिकट नदिएको भन्दै असन्तुष्टी रहेर बागी उम्मेदवारी दिएका दलका नेतादेखी स्वतन्त्र उम्मेदवारी दिएका सम्मले आफ्नो उम्मेदवारी फिर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरले जनाएको छ ।

कार्यालयका अनुसार त्रियुगामा १८ जना, कटारीमा २४ जना, बेलकामा ११ जना, जिम्चुङबुङमा ११ जना, उदयपुरगढीमा ११ जना, चौदण्डीगढीमा ३ जना र रौतामाईमा ९ जनाले उम्मेदवारी फिर्ता गरेको जनाए । उम्मेदवारी फिर्ता लिनेहरुमा सबै भन्दा बढी कटारीमा २४ जना र सबैभन्दा कम चौदण्डीगढीमा ३ जना रहेको छ ।

जसमध्ये त्रियुगामा राप्रपा नेपालको राम कुमार कटुवाल र स्वतन्त्र तर्फका नारायण कुमार खड्काले मेयर पदको उम्मेदवारी फिर्ता गरेको हो । यता उपमेयरमा मनोनयन गरेको राजन ढकालले पनि उम्मेदवारी फिर्ता लिएको छ ।

यस्तै त्रियुगाकै लागि वडाअध्यक्षमा मनोनय गरेका वडाअध्यक्षहरु रमेश निरौला, अन्जानरुल अली, सिताराम राउत, कृष्ण पोखरेल, पुष्प बहादुर क्षेत्री, रत्न वहादुर खत्री, संजय वस्नेत, नविन्द्र वहादुर खत्री, हेमन्त राई, जित बादुर खड्का र राजकुमार कार्की लगायत ४ वाड सदस्य सहित १८ जनाले त्रियुगामा आफ्नो उम्मेदवारी फिर्ता गरेको कार्यालयले जनाए ।

यस्तैगरी कटारीमा प्रमुख पदका उम्मेदवार केदार बहादुर राना मगर, इन्दीरा पोखरेल, चिनीमाया तामाङ, र प्रेम कुमार गौतमले आफ्नो उम्मेदवारी फिर्ता गरेको छ भने वडाअध्यक्षहरुका उम्मेदवारहरु सन्जीव बस्नेत, वल बहादुर खत्री, चन्द्रदीप पौडेल, जित वहादुर खत्री, ज्ञान वहादुर थापा र राज कुमार खत्रीले पनि उम्मेदवारी फिर्ता लिएका हुन् ।

यसैगरी उदयपुरगढीमा पनि ११ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जसमध्ये अध्यक्षका लागि उम्मेदवारहरु चक्र वहादुर गुरुङ र दिपक तामाङ्ले उम्मेदवारी फिर्ता लिएका हुन् । यता वडाअध्यक्षको उम्मेदवारहरु केशव श्रेष्ठ, पदमराज कार्की, दिल वहादर राई, गुरु बहादुर राउत, खगेन्द्र वहादुर राई लगायतले उम्मेदवारी फिर्ता लिएक हुन् ।

लिम्चुङबुङमा पनि ११ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जसमध्ये पालिका अध्यक्ष आकांक्षी भलराज राई, यादव कुमार राईले मनोनयन फिर्ता लिएका हुन् । उनिहरु दुवै एमाले बाट बागी उम्मेदवार रहेका थिए । त्यस्तै वडाअध्यक्षको उम्मेदवारीहरु मुगाधन राई, मिन वहादुर मगर, र भविन्द्र राईले समेत उम्मेदवारी फिर्ता लिएका छन् । त्यहाँ पालिका अध्यक्ष र वाडअध्यक्ष सहित अन्य पदका ११ जनाले उम्मेदवारी फिर्ता लिएका हन् ।
यसैगरी रौतामाई गाउँपालिकामा उपाध्यक्षका उम्मेदवार सहित अन्य पद गरी ९ जनाले उम्मेदवारी फिर्ता लिएको छ । पालिका उपाध्यक्ष उम्मेदवार कैलाश राई र वडाअध्यक्षका लागि उम्मेदवार डिक बहादुर रिखाम मगर र राम कुमार लायो मगरले उम्मेदवारी फिर्ता लिएको हो ।

यस्तैगरी बेलका नगरपालिकामा पनि नगर प्रमुख लगायतका उम्मेदवार आकांक्षीहरुले मनोनयन फिर्ता गरेको छ । कृष्ण प्रसाद काफ्ले र उपेन्द्र विष्टले प्रमुख पदका उम्मेदवारी फिर्ता लिएको हो । यसैगरी उपप्रमुखका उम्मेदवारी गंगासरी राईले पनि मनोनयन फिर्ता लिएका छन् । वडाअध्यक्षहरुमा सागर धमला, रहरी कुमार राई र सदस्यहरुमा ६ जना गरी ११ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको हो ।

यस्तै उम्मेदारी फिर्ता लिने कम संख्यामा रहेको चौदण्डीगढीमा ३ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको छ । जसमध्ये दुईजना वडाअध्यक्ष र एक जना महिला वडा सदस्य रहेका छन् । ७ नं वडाकी गिता कुमारी मगर र १० नं वडाका नर बहादुर राउतले वडाअध्यक्षको उम्मेदवार फिर्ता गरेका छन् भने वडा नं १० कै महिला वडा सदस्य मिना कुमारी बन्जराले आफ्नो उम्मेदवारी फिर्ता लिएकी हुन् ।