Friday, June 5News That Matters

उदयपुरको लिम्चुङबुङमा गठबन्धनबाट दलित महिला वडा सदस्य निर्विरोध

पूर्णपुष्टि, बैशाख १६
लिम्चुङचबुङमा एक जना दलित मिहला वडा सदस्य निर्विरोध भएकी छिन् । उनि गठबन्धनको तर्फ बाट नेकपा माओवादी केन्द्रकी दलित महिला सदस्य देव कुमारी कामी निर्विरोध भएकी छिन् ।

पालिकोको वडा नं १ की दलित महिला सदस्यमा देव कुमारी कामीको मात्रै मनोनय दाखिला भएको भन्दै निर्वाचन अधिकृत तुलरा सुनुवारले निर्विरोध भएको घोषाण गरेका थिए ।

अधिकृत सुनुवारले मनोनयनको क्रममा व्यक्तिमा मात्रै उम्मेदवार कायम भएको भन्दै स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २५ बमोजीम निर्विरोध भएको
घोषणा गरेका छन् ।