Thursday, July 30News That Matters

गठबन्धन बाट ११ नं वडाका उम्मेदवार राई जनता सँग भोट भाग्न व्यस्त

पूर्णपुष्टि, बैशाख १७
त्रियुगा नगरपलिका ११ का वडाअध्यक्ष उम्मेदार कालिदास राई (किसन) वडावासीहरुलाई भोट माग्न व्यस्त रहेको छ । संयुक्त गठबन्धन माओवादी केन्द्र र एकीकृत समाजवादीका नयाँ नेतृत्व र उर्जावान युवा नेता राई जनताका लागि आफ्नो उत्कृष्ट एजेन्डाहरु प्रस्तुत गर्दै भोट माग्न व्यस्त रहेको छ ।

राईले आफु नगरभित्रको विकासप्रेमी र जनताप्रेमी नेतृत्वको नमुना वन्ने जनताहरुलाई सुझाएको छ । उनले आफु नेतृत्वमा पुगे कुनै सेवा सुविधा विनै वडाको नेतृत्व गर्ने जनाएको छ । आफुले पाउने सेवा सुविधा पनि जनताको लागि आकस्मिक कोष खडा गरी आपतको वेला खर्च गर्ने जनाएको छ ।
राईले वडाका बिभिन्न टोलहरुमा आफ्नो लागि भोट अपिल गर्दै अन्य नेतृत्व भन्दा आफु फरक भएर विकास गर्न जनाए ।