Thursday, June 18News That Matters

उदयपुरकी संजिता वि.क द भ्वाई किड्सको अन्ति १६ मा, भोटको अपिल

पूर्णपुष्टि, २१ वैशाख ।
उदयपुरकी संजिता बि.क द भ्वाईस अफ किडस् सिजन २ को अन्तिम १६ मा पूग्न सफल भएकी छिन् । उदयपुर रौतामाई गाउँपालिका ३ लाफागाउँ घर भएकी संजिता डिजिटल, व्लाईन्ड र ब्याटल हुँदै लाईफ सो को अन्तिम १६ मा उत्रिएकी हुन् । उनी टिम प्रविशामा छिन् । कौशिका मावि धर्मे स्थित कक्षा ८ मा अध्यानरत बि.कले कुनै पनि सांगितिक क्लास लिएकी छैन्न् । बिकट भुगोलकी संजिताले संगित सिक्ने अवसरहरु पाउन चुनौतिको कुरा हो । उनले सम्पूर्ण उदयपुर दर्शक प्रति भोटको अपिल गरेकी छिन् । आफ्नो जित उदयपुर र नेपाली सांगितक क्षेत्र र दर्शकहरुको जित रहेको भन्दै उदयपुरको गौरबको निम्ति पनि आफुलाई भोट गर्न अनुरोध गरिन् । उनले अब टप ८ को लागि दर्शकहरुको धेरैभन्दा धेरै भोट चाहिएको भन्दै भोट गर्न अपिल गरिन् । संजितालाई भोट गर्न खल्ती एपको प्रयोग गर्न सकिने छ ।