उदयपुरको कोभिड अस्पताल खाली

पूर्णपुष्टि, असोज १८
उदयपुरको चौदण्डीगढी नगरपालिका–६ सातधारे स्थित सञ्चालित कोभिड अस्पताल पूर्णरुपमा खाली भएको छ । ४ महिला र २ पुरुष गरी ६ जनाले आईतवार कोरोना जितेर घर फर्किएसँगै उदयपुरको कोभिड अस्पताल खाली भएको हो ।
गत वैशाख ९ गतेदेखि कोभिड–१९ को दोस्रो लहर शुरु भएपछि कोरोना संक्रमितको उपचारको लागि अस्पताल सञ्चालनमा आएको थियो । अस्पतालमा उपचाररत्त सवै संक्रमित कोरोना मुक्त भएकोले करिब ५ महिनापछि अस्पताल खाली भएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।
सो अवधिमा २ सय ८२ महिला र २ सय ४७ पुरुषगरी कूल ५ सय २९ जना भर्ना भएका मध्ये २ सय ६६ महिला र २ सय १९ पुरुषगरी ४ सय ८५ जना निको भई घर फर्किएका छन् ।

अस्पतालबाट उपचार सम्भव नभएपछि १५ महिला र २७ पुरुषगरी ४२ जनालाई अन्य अस्पतालमा रेफर गरिएको थियो ।
अस्पतालमा १ पुरुष १ महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । नगरपालिकाभरी २ महिला र १ पुरुषगरी ३ जना मात्र (होम आइसोलेशन) मा रहेको अस्पतालले जनाएको छ ।
त्यसैगरी कोरोना शुन्य अवस्थामा पु¥याउनका लागि शंकास्पद सबैले समयमा परीक्षण गराई सहयोग पु¥याउन अस्पतालले अनुरोध समेत गरेको छ ।
कोरोना संका लागेमा परीक्षणका लागि तेज बहादुर पोखरेललाई ९८५२८४४०७५ मा सम्पर्क गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: