उदयपुरको क्षेत्र नं १ बाट खगेन्द्र राई र २ बाट रामकुमार राई कांग्रेस क्षेत्रीय सभापतिमा विजयी

पूर्णपुष्टि, मंसिर १०
काँग्रेसको क्षेत्रीय सभापति पदमा उदयपुरको १ र २ बाट दुई राई बिजयी भएको छ । चौदण्डीको खगेन्द्र राई र कटारीका राम कुमार राई कांग्रेसको क्षेत्रीय सभापति पदमा बिजयी भएको हो । चौदण्डीगढी नगरपालिकाका मेयर समेत रहेका खगेन्द्र राई उदयपुरको क्षेत्र नं १ बाट सभापति पदमा विजयी भएको हो भने, क्षेत्र नं २ बाट काँग्रेस नेता तथा संस्थापक राम कुमार राई बिजयी भएको हो ।

चौदण्डीका खगेन्द्र राईले कांग्रेस नेता बसन्त कुमार राईलाई हराउँदै प्यानलै बिजयी भएको हो । निर्वाचन क्षेत्र नंं १ को क्षेत्रीय कार्य समितिको लागि मंगलबार भएको निर्वाचनमा मेयर राईको प्यानललै विजयी भएको निर्वाचन समितिले जनाएको छ।

बुधबार बेल्टारको एक पार्टी प्यालेसमा भएको मत गणनाको परिणाम अनुसार मेयर राईले ३ सय ४४ मत प्राप्तगरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी बसन्त बस्नेतले ३ सय ३४ मत मात्र प्राप्त गरेका छन् । कूल मत ७ सय १२ मत खसेको मध्ये २६ मत बदर भएको थियो ।

यता क्षेत्र नं दुई बाट रामकुमार राईले उनका निकटम प्रतिद्धन्दि रामकुमार खत्रीलाई १५ मतले पराजित गर्दै राई बिजयी भएको हो । राईले ३३९ मत प्राप्त गर्दा खत्रीले ३२४ मत प्राप्त गर्न सफल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: