
र्पूापुष्टि, जेष्ठ ४
बेलका नगरपालिकाको प्रमुख पदमा गठबन्धनले जित हात पारेको छ । गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका आशोक कार्कीले १०१२० मत प्राप्त गरी बिजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी उमालेका दुर्गा कुमार थापाले ६९८० मत ल्याउँदै पराजित भएका छन् । एमालेका उम्मेदवार थापा यस अघी बेलकाको पूमुख थिए । अघिल्लो चुनावमा थापा सँगै पराजित भएका कार्कीले यसपटक भने उनलाई नै पराजित गरेका छन् ।
यता गठबन्धनले प्रमुखमा पराकिलो मतले जित निकाले पनि उप्रमुखमा भने हार बेहोरेका छन् । उप्रमुखमा भने एमालेकी उम्मेदवार जिरा राई निर्वाचित बनेकी छिन् । राईले ८२७६ मत ल्याएर विजयी हुँदा गठबन्धनका तामाङ्गले ७४९५ मत प्राप्त गरे ।
