उदयपुरको रौतामाई गाउँपालिका कोशी प्रदेशभरीकै उत्कृष्ट दोस्रोमा

पूर्णपुष्टि, १७ माघ ।
उदयपुरको रौतामाई गाउँपालिका कोशी प्रदेशभरीकै उत्कृष्ट बन्न सफल भएको छ । स्थानीय तह संस्थागत क्षमता मुल्यङकनमा कोशी प्रदेशको ८८ गाँउपालिका मध्य उदयपुरको रौतामाई गाँउपालिका दास्रो भएको हो । उदयपुरको रौतामाई दोस्रो हुँदा ताप्लेजुङका मैवा खोला गाँउपालिका प्रथम बनेको छ । आर्थिक वर्ष २०७९÷०८० को लागि स्थानीय तहले गरेका आफनो स्मुल्यांकनमा मैवा खोला गाँउपालिकाले १०० पुर्णाङकमा ९० दशमलव ५ नम्बर प्राप्त गर्दा उदयपुरको रौतामाई गाँउपालिकाले १०० अंकमा ८७ नम्बर प्राप्त गरी प्रदेशमै दोस्रो बनेको हो ।

स्थानिय तहको कार्य प्रक्रिया र उपलब्द्यीहरुको लेखाजोखा प्रतेक वर्ष स्थानीय तह आफैले स्मुल्यांकन गर्ने गर्दछन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह सस्थागत स्मुल्यांकन कार्यविधि, २०७७ अनुसार विभिन्न सुचकका आधारमा स्मुल्यांकन हुने गर्दछ । आर्थिक वर्ष २०७९÷०८० का नतिजा अनुसार उदयपुरका चार नगरपालिका मध्ये स्मुल्यांकनमा सबैभन्दा बढी नम्बर कटारी नगरपालिकाले र कम नम्बर बेलका नगरपालिकाले ल्याएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको तथ्याङ अनुसार कटारी नगरपालिकाले ९३ दशमलव २५ र बेलका नगरपालिकाले ७२ दशमलव २५ अंक प्राप्त गरेको छ । त्यसै गरी चौदण्डीगढी नगरपालिकाले ८० दशमलव ७५ अंक र सबैभन्दा पुरानो र ठुलो नगरपालिका त्रियुगा नगरपालिकाले ७७ प्रतिशत अंक प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
1
+1
1
+1
4
+1
1
+1
0
+1
1