Tuesday, January 14News That Matters

उदयपुरको सडक दुर्घटना न्युनिकरणमा उपसभामुख दनुवारको चासो

पूर्णपुष्टि, २४ मंसिर ।
उपसभामुख सिर्जना दनुवारले उदयपुरमा दुर्घटना न्युनिकरण गर्न चासो देखाएकी छिन् । उदयपुरलाई तिन ओटा राजमार्गहरु मदन भण्डारी हाईवे राजमार्ग, सगरमाथा हाईवे राजमार्ग र सिद्धिचरण हाईवे राजमार्गले छुएको अवस्था छ । यस मध्य सबै भन्दा लोकप्रिय राजमार्गको रुपमा रहेको मदन भण्डारी राजमार्गमा दिनहु जसो दुर्घटना भैरहेको छ । उदयपुरमा बढ्दो सहरीकरण र राजमर्गाहरुका कारण दुर्घटना बढेको भन्दै न्युनिकरणका लागि उपसभामुख दनुवारले चासो देखाएकी हुन् ।

आईतबार जिल्ला प्रहरी कार्यालय उदयपुरमा भएको छलफलमा दुर्घटनाको कारणहरु खोज्दै दनुवारले सम्बन्धित क्षेत्रहरुमा पहल गर्ने जनाईन् । उनले जिल्ला प्रहरी, ट्राफिक प्रहरी, सडक कार्यालय, भौतिक पूर्वधार कार्यालय, यातायात क्षेत्र, संञ्चारकर्मी सबै निकायहलाई यसको सामाधानमा जुट्न अनुरोध गरिन् । दनुवारले दुर्घटनाकै कारण कसैले पनि अकालमै ज्यान गुमाउनु नपरोस भन्दै सम्बन्धित निकायहरु सहितको टोली उदयपुरको दुर्घटना ग्रस्त क्षेत्रहरुमा पुगेर अनुगमन गर्ने समेत जनाईन् । दुर्घटनाका क्षेत्रहरुका पहिचान गर्दै सडकको कारण दुर्घटना स्थानहरुमा निर्माण सुधार गर्न सबै लागि पर्नु पर्ने दनुवारको भनाई छ । दनुवारले दुर्घटना न्युनिकरणका लागि सरकारले गर्नु पर्ने सडक सुधारका कुराहरुलाई पनि ध्यानमा राख्ने जनाईन् । त्यस अलवा प्रहरी र ट्राफिक प्रहरीलाई दुर्घटना न्युनिकरण तथा सुरक्षित सवारी संञ्चालनका लागि खट्न निर्देशन समेत दिईएकी छिन् ।