Monday, April 20News That Matters

उदयपुरको सहित प्रदेश नं १ मा बाढी पहिरोमा परि २२ जनाको मृत्यु

पूर्णपुष्टि, कार्तिक ३
प्रदेश नं १ मा लगतारको बर्षा सँगैको बाढीपहिरोमा परि २२ जनाको मृत्यु भएको छ । प्रदेश नं १ को उदयपुर सहित बिभिन्न जिल्लाहरु इलाम, सुनसरी, पाँचथर धनकुटा लगायत पहाडी जिल्ला र तराई जिल्ला गरी बाढीपहिरोमा परी २२ जनाको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीले जानकारी दिए ।

बिसीका अनुसार पहाडी जिल्लाहरुमा २० जना र तराईमा २ जनाको बाढी पहिरोमा परि ज्यान गएको हो । पहिरोमा परी धनकुटामा ६ जना, पाँचथरमा ६ जना, इलाममा ७ जना, सुनसरीमा २ जना र उदयपुरमा १ जनाको ज्यान गएको हो ।