
पूर्णपुष्टि, माघ २२
उदयपुरमा आगलागी बाट ४ घर जलेर नष्ट भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सिवाईमा अन्दाजी २ः३० बजे भएको आगलागमी ४ घर खरानी भएको छ । आगलागीमा बाट ट भोला चौधरी ,रामेश्वर चौधरी ,अशोक चौधरी र धर्मेन्द्र चौधरीको घर पूर्णरूपमा जलेको स्थानीय युवा बौवा लाल चौधरीले जानकारी दिनुभभयो ।
आगलागि हँुदा घरमा रहेको अन्न ,लत्ताकपडा ,गर गहना ,सुन चादी,नगद र महत्वपूर्ण कागजातहरु समेत जल्दा लाखौँ बढीको क्षती भएको छ ।

आगलागी बाट एक हप्ता अगाडी मात्र सुत्केरी भएकी एक महिला सुरक्षित रहेकी छिन् । आगोले कुनै पनि मानबिय क्षति भने नभएको वडा अध्यक्ष देव नारायण चौधरीले बताउनुभयो ।आगलागी भएको कुनै कारण खुल्न नआए पनि गोठमा रहेको कुखुरा खोरमा प्रयोग गरेको भुसमा सुलि डढाउन आगो बालेको र सोही आगो सल्केर आगलागी भएको हुन सक्ने स्थानीयलाई उदृत गर्दै प्रारम्भिक अनुमान गरिएको अध्यक्ष चौधरीले बताउनुभयो ।
स्थानीय चौदन्डीगढी नगरपालिका र छिमेकी कन्चनरुप नगरपालिका को गरि २ वटा बारुन यंत्र र स्थानीयहरुको प्रयास पश्चात् घन्टौ पछि आगो नियन्त्रणमा आएको थियो ।
अचानक भएको आगलागि पिडितले कुनै पनि सरसामान आफुहरु माझ नभएको भन्दै तत्काल सहयोगको अपेक्षा गरेका छन् । उनिहरुले सम्बन्धित स्थानीय सरकार, संघ संस्था, व्यक्तिहरुमा सहयोगको अपिल समेत गरेका छन् । 
