Saturday, June 27News That Matters

उदयपुरको १५ जना कोरोना मुक्त

पूर्णपुष्टि, भदौ १२

उदयपुरमा थप १५ जना उपचारपछि निको भएर घर फर्केका छन् । चौदण्डिगढी नगरपालिका–६ सातधारेस्थित कोभिड १९ अस्पतालमा उपचाररत कोरोना संक्रमितमध्ये नौ जना पुरुष र छ जना महिला निको भएर आज घर फर्केका हन् ।

बेलका सात जना, त्रियुगा नगरपालिकाका सात जना र खोटाङको चुईचुम्मा गाउँपालिकाका एक जना गरी १५ जना उपचारपछि निको भएर डिस्चार्ज भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

उनीहरुको पछिल्लो पटक यहि भदौ ९ गते १६ जनाको स्वाव संकलन गरी परिक्षणको लागी विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । उक्त स्वाव परिक्षणमा १५ जनाको रिपोर्ट नेगेटिभ आएको र एक जना पुरुषको रिपोर्ट शंकास्पद आएपछि पुनःस्वाव संकलन गरी परिक्षणको लागी पठाएको जनाईएको छ ।