
पूर्णपुष्टि, असार २७
पछिल्लो समय उदयपुरको ७ पालिकामा कोरोना संक्रमण दर निकै घटेको देखिन्छ, भने ताप्ली गाउँपालिकामा संक्रमण दर बढ्न थालेको छ । आज (आइतबार) थप १६ जनामा संक्रमण पुष्टि भएको छ । जो सबै ताप्लीका रहेका छन् । योसँगै जिल्लामा संक्रमितको संख्या २ हजार ५५२ पुगेको हो ।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार १० पुरुष र ६ महिलामा संक्रमण देखिएको छ । जुन सबै ताप्ली गाउँपालिकाको वडा नम्बर ५ का रहेका छन् ।
जिल्लामा कोरोना मुक्त हुनेको संख्या १ हजार १९६ पुरुष र १ हजार ८ महिला गरी जम्मा २ हजार २०४ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा हालसम्मा सक्रिय संक्रमित १४७ पुरुष र १५१ महिला गरी २९८ जना हरेका छन् । जिल्लामा कोरोनाबाट ३४ पुरुष र १६ महिला गरी ५० जनाको ज्यान गएको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ ।
