
पूर्णपुष्टि, असार १५
उदयपुरको उदयपुरगढी गाउँपालिका ६ नेपालटारमा बिभिन्न कार्यक्रमको आयोजनाका साथ १९ औँ धान दिवस भव्य मनाईएको छ । कृषक तथा कृषि विदाथीर्, सम्बन्धित संस्था र कर्मचारीहरुका बिच“धान वालिमा जैविक विविधताको उपायोग, आयत प्रतिस्थापनमा सहयोग” भन्दै धान दिवस मनाईएको हो । । कृषि प्रधान देशको रुपमा चिनिने नेपालमा उत्पादनलाई बृद्धि गर्दै आयातमा रोक निर्यातलाई सपोर्ट गर्ने उदेश्यले धान दिवस मनाईएको आयोजकले जनाएको छ ।
श्री पंञ्चावती कृषि सहकारी संस्था नेपालटारको र बालविकास समाज नेपालको संयुक्त आयोजनामा आयोजना तथा उदयपुरगढी गाउँपालिका कृषि शाखाको सहयोगमा यो बर्ष नेपालटारमा भव्य धान दिवस मनाईएको हो । कार्यक्रममा महिला तथा पुरुष हिले दौड प्रतियोगिता सँगै उपस्थितिहरुले धान रोपेर असार १५ मनाउँदै धान दिवस मनाएका थिए । पालिकाका कृषि शाखा प्रमुख पारशमनी फुँयालले उदयपुरगढीको ८ ओटा वडाहरुमा जम्मा ३१८४ क्षेत्र खेती योग्य जमिनहरु रहेको जनाए । त्यस मध्ये खेत मात्रै १०१९ हेक्टर रहेको जनाए ।

उनले १०१९ हेक्टरको खेतमा बर्खे धान ३.२ मेट्रिक टन धान उत्पादन हुँदै आएको जनाए । त्यसैगरी सो पालिकामा चैत्र धान पनि १०१.९ हेक्टरमा उत्पादन हुँदै आएको र बाह्रै महिना सिँचाई गर्न सकिने जनाए । यस्तै गरी सोहि वडाका वडाअध्यक्ष किष्ण बहादुर खत्रीले कृषि उत्पादन बढाउन खेति योग्य जमिनहरुलाई प्लटिङ नगर्न अनुरोध गरे । उनले मानिसहरु खेति योग्य जमिनमा घर बनाएर उत्पादन खोजिरहेको जनाए । मान्छेहरु बरु अन्य ठाउँमा बसेर खेती योग्य जमिनमा कृषि उत्पादन गर्नु पर्नेमा अध्यक्ष खत्रीले जोड गरे । यस्तैगरी कृषि संस्थाका अध्यक्ष चित्र बहादुर कार्कीले अन्य बर्ष भन्दा यो बर्ष औपचारिक रुपमै भव्य धान दिवस मनाईएको जनाएको छ । पहिले सामान्य रुपमा मात्र मनाउँदै आएको धान दिवस यो बर्ष भने अन्य कार्यक्रमहरु सहित मनाईएको जनाए ।

उनले यसरी धान दिवसलाई भव्यताका साथ मनाउनका कारण धान उत्पादनको बृद्धिमा जोड पुगोस भन्ने उदेश्य रहेको जनाए । कृषकहरु अन्दाधुन्दा काम गरिरकेको बताउँदै सहि समय, सहि विउ, माटो परिक्षण र आधृनिकीकरण कृषि जस्ता कुराहरुमा ख्याल गरी कृषिमा होमिय उत्पादनमा बृद्धि हुने अध्यक्ष खत्रीले जनाए । यसरी बिवेक पुराएर खेती गर्न धान दिवसले ठुलो सहयोग पुराउने हिसावले धान दिवस भव्यताका साथ मनाईएको उनको भनाई छ । लापर्वाही कृषिले कहिले पनि कृषकहरुको उत्पादन नबढ्ने र समयको बढी खर्च उत्पादनमा कम हुने उनले जनाए ।
