
पूर्णपुष्टि, जेठ ३ गते ।
उदयपुरको उदयपुरगढी गाउँपालिकाको ८ वटै वडामा मतगणना सम्पन्न भएको छ । ८ वटा वडा मध्ये ४ वडामा गठबन्धनले जित हासिल गरेको छ भने २ वडामा काँग्रेस, १ वडामा एमाले र १ वडामा स्वतन्त्र उम्मेदवारले जिते हो ।
वडा नं. १ मा एकिकृत समाजवादीबाट दिलबहादुर राना मगर वडाअध्यक्षमा निर्वाचित भएका छन् । महिला सदस्यमा केशरकुमारी चापागाई र दलित महिला सदस्यमा नरमाया सार्की एसबाट निर्वाचित भएका छिन् । ३ नम्बर वडामा प्यानलै माओवादीको आएको छ । वडाअध्यक्षमा मनोजकुमार कार्की, महिला सदस्यमा विष्णुमाया जर्घा मगर, दलित महिला सदस्यमा गौरीमाया कामी छिन् । यता खुल्ला सदस्य तर्फ नरदल विश्वकर्मा र सन्तोष मगर निर्वाचित भएका छन् । वडा नं. ४ मा माओवादीबाट रामबहादुर घलेले वडा अध्यक्षमा जितेका छन् । महिला सदस्यमा स्वतन्त्र उम्मेदवार मिनाकुमारी तामाङ र दलित महिला सदस्यमा सोना कुमारी मोते छिन् । खुल्ला सदस्यमा वोध कुमार भण्डारी र नेत्रबहादुर तामाङ छन् । वडा नं. ५ मा नेपाली काँग्रेसबाट वडाअध्यक्ष कुमार अधिकारी विजय भएका छन् । महिला सदस्यमा विना विश्वकर्मा र दलित महिला सदस्यमा निर्मलाकुमारी विश्वकर्मा छन् । यता खुल्ला सदस्यमा पेशल कुमार राई र अम्बरबहादुर लायो मगर छन् । वडा नं. ६ मा पनि काँग्रेसको प्यानलै विजय भएको छ । वडा अध्यक्षमा कृष्णबहादुर खत्री, महिला सदस्यमा सरिता कार्की, दलित महिला सदस्यमा भोजकुमारी सार्की, खुल्ला सदस्यमा थमानकुमार थापा र दुर्गारमण रेग्मी छन् । यता वडा नं. ७ मा वडा अध्यक्ष माओवादीबाट भूवन केप्छाकी मगर, महिला सदस्यमा मनमाया कार्की, दलित महिला सदस्यमा सिता विश्वकर्मा र खुल्ला सदस्यमा रितबहादुर आले मगर र एमालेका गौरबहादुर तामाङ रहेका छन् । वडा नं. ८ मा एमालेबाट थिरबहादुर राउतले वडाध्यक्षमा जितेका छन् । महिला सदस्यमा स्वतन्त्रबाट यसोदाकुमारी राई, दलित महिला सदस्यमा विन्दाकुमारी विश्वकर्मा, खुल्ला सदस्यमा रामकुमार राई र पृथबहादुर कार्की निर्वाचित भएका छन् ।
वडा नं. २ मा इन्द्रबहादुर राउत स्वतन्त्रबाट वडाअध्यक्षमा निर्वाचित भएका छन् । महिला सदस्यमा काँग्रेसबाट देवीकुमारी गिरी र दलित महिला सदस्यमा डिल्लीमाया विश्वकर्मा छन् । यता खुल्ला सदस्यमा एमालेका सूर्यबहादुर मगर र काँग्रेसका खिलराज खड्का छन् ।
