
पूर्णपुष्टि,जेष्ठ २८ । पछिल्लो समय खडेरी सहितको उच्च तापक्रमले पानीको मुहान सुख्न थालेको छ । उदयपुरगढीको–७, नं वडा बतासेमा पानीको मुहान सुकेपछि स्थानीयहरु काकाकुल भएको छ । मुहान सुक्ने बित्तिकै त्यस ठाउँमा खानेपानीको हाहाकार मचिएको अवस्था छ ।
मुख्य श्रोतको रुपमा रहेको बतासे खानेपानी ट्याङकीको मुहान सुक्न थाले पछि स्थानीयहरु काकाकुल अवस्था रहेको वडाअध्यक्ष भुवन मगरले जनाए।
प्रदेश सभा सदस्य नारायण बहादुर बुर्जा मगर, संघिय सांसद अम्बर बहादुर रायमाझी तथा स्थानीय सरकारको पहलमा शनिवारदेखि दम्कल मार्फत खानेपानी पुर्याउने कार्य सुचारु गरिएको अध्यक्ष मगरले बताए । मगरका अनुसार पछिल्लो समयको खडेरीले पानीको मुहान सुक्न थालेपछि नेपालटारको बौदनाथ खोलाबाट दमकलको सहायतामा करिव ४० देखि ५० घरलाई पनि उपलव्ध गराएको जनाए ।
पालिकामा खानेपानी अभाव भएको क्षेत्रहरुमा स्थानीय सरकार मार्फत स्वच्छ खानेपानी वितरण गर्ने वडाको लक्ष्य रहेको छ । स्थानीय सरकारको पहलमा पानी ट्याङकी सम्म सडक नपुगेको अवस्थामा जेसीवि मार्फत सडक निमार्ण गरी प्रत्येक ट्याङकीहरुमा दिनको ४,५ गाडि पानी पठाउने कार्य भैरहेको छ । पालिकाका स्थानीयहरुलाई खानेपानी खुवाउँने अभियानमा प्रदेश तथा संघिय सरकार सँग पनि आवश्यक पहल गर्ने वडाले जनाएको छ ।
