
पूर्णपुष्टि, जेष्ठ २२ । उदयपुरको उदयपुरगढी गाउँपालिकामा गर्मीबढेपछि विद्यालयलाई बिदा दिईने भएको छ । आईतबार बसेको स्थानिय बिपद् व्यवस्थापन समितिको बैठकले बिदा दिने निर्णय गरेको हो ।
उदयपुरगढी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत रमेश राईले बढी गर्मिहुने क्षेत्रमा विद्यालय व्यवस्थापन समितिको निर्णय गराई बर्षे बिदाबाट कट्टा हुने गरी जेठ २२ देखी २६ गतेसम्म बिदा दिने निर्णय भएको जानकारी दिए । उनका अनुसार विगत केही दिन देखी अत्याधिक गर्मी बढेको कारण विद्यालयहरुमा पठनपाठन गराउन समस्या भएकोले बिदा दिन लागिएको हो ।

