उदयपुरगढीमा दोस्रो राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सुरु

पूर्णपुष्टि, पुस २४ । 
        उदयपुरको उदयपुरगढी गाउँपालिकाको नमुना माध्यामिक विद्यालय भलायडाँडाले १८ वटा विद्यालयबीच आजबाट दोस्रो राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा प्रतिष्पर्धा गराउदैछ ।
        त्यहाँ हुने अन्तरविद्यालय प्रतियोगितामा तीनदिनसम्म विभिन्न खेल प्रतिष्पर्धा हुनेछन् । जिल्ला समन्वय समिति उदयपुरका प्रमुख गौरबहादुर विक र पालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले उद्घाटन गरेको प्रतियोगितामा दौड, हाइजम्प, लङजम्प, टिपलजम्प, भलिवल लगायत रहेको प्रधानाध्यापक देविबहादुर राईले बताउनुभयो ।
        कार्यक्रममा पालिका उपाध्यक्ष जितबहादुर खड्का, जिल्ला समन्वय अधिकारी नवराज खड्का, पालिका प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाई, विभिन्न पार्टीका नेताहरु, गाउँपालिका प्रवक्ता सहेक विक, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का लगायतको उपस्थित थियो । कार्यक्रमको उद्घाटनमा सहभागि खेलाडी विद्यार्थीहरुले मार्चपार्च र सलामी गरेका थिए ।
फाेटाे फिचर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0