
पूर्णपुष्टि, पुष २४ । उदयपुरमा लागु औषध ६ केजी गाँजा र नगद सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला उदयपुर बेलका नगरपालिका –३ बस्ने वर्ष २१ को पदम बहादुर तामाङ र बेलका नगरपालिका –९ बस्ने वर्ष २८ को बम बाहादुर रार्ई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरीका अनुसार उनिहरुलाई ६ केजी गाँजा र ५ लाख २० हजार ५ सय रुपैँया सहित पक्राउ गरिएको हो । तामाङ र राईलाई बेलका नगरपालिका वडा नं.—८ प्रहरी चेकपोष्ट कोठुमा चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको उदयपुर प्रहरी डिएसपी हरिनन्द चौधरीले जनाउनु भयो । पक्राउ परेका दुवैजनालाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान कार्य भइरहेको छ ।
