Tuesday, June 9News That Matters

उदयपुरगढीमा प्रधानाध्यापकमाथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राईद्धारा कुटपिट

पूर्णपुष्टि, फागुन १९ । उदयपुरको उदयपुरगढी गाउँपालिका–६ वागेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट भएको छ । विद्यालयका प्रअ अम्बरबहादुर कार्कीमाथि व्यववस्थापन समितिका वर्तमान अध्यक्ष तसबहादुर राईले हातपात गरेका हुन् ।

आफू अनुकूल भेला नबोलाएको र अभिभावक भेला स्थगित नगरेको भन्दै प्रअमाथि कुटपिट भएको थियो । स्थानिय ढकबहादुर राउतले विद्यालयको अभिभावक भेला कार्यक्रम भईरहेको समयमा मादकपदार्थ सेवन गरी पुगेका अध्यक्ष राईले ज्यानमार्ने धम्की दिदैँ प्रअमाथि हातपात गरेको बताए ।

प्रधानध्यापक कार्कीले नयाँ नेतृत्व चयनकालागी बोलाईएको भेला रोक्न आएको आदेश नमान्दा आफुमाथि हातपात भएको बताएका छन् । उनका अनुसार व्यवस्थापन समितिको कार्यकाल सकिएपछि नयाँ नेतृत्वका लागि बोलाईएको भेला हो । उनले भने ‘अध्यक्ष ज्यु आफु अनुकुल खोज्नु हुन्छ’ कति पटक सार्नु । कार्यक्रम स्थलमानै हातपात भएपछि प्रअ कार्की प्रहरी चौकी नेपालटारमा उजुरी दिन पुगेका छन् ।

घटना सम्बन्धमा तिन संगठनले आपत्ती जनाउँदै तत्काल दोषीलाई कार्वाहीको माग गरेका छन् । शुक्रबार उदयपुरगढी गाउँपालिका स्तरीय नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष श्यामबहादुर कार्की,नेपाल शिक्षक संघका अध्यक्ष पदमबहादुर तामाङ्ग र अखिन नेपाल शिक्षक संगठनका सहसचिब उद्धबबहादुर कार्कीले संयुक्त विज्ञप्ति जारी गर्द दोषिलाई कडा कारबाही गरी विद्यालयलाई शान्तिपूर्ण वातावरण कायम राख्न अपिल गरिएको छ ।

शात्तिपूर्ण तवरबाट राखिएका जायज माग पूरा नभए चरणबद्ध आन्दोलनमा उत्रने समेत विज्ञप्तिमा चेतावनी दिइएको छ । विज्ञप्तीमा छिमेकी विद्यालय,अभिभावक उपस्थित रहेको उक्त कार्यक्रममा अध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले प्रअमाथि गरिएको दुव्र्यवहार निन्दनीय भएको उल्लेख गरिएको छ ।