Thursday, July 2News That Matters

उदयपुरगढीमा स्कुटर र कार ठोक्किँदा स्कुटर चालक घाइते

पूर्णपुष्टि संवाददाता /उदयपुर, १८ असार ।
उदयपुरको उदयपुरगढी गाउँपालिका–७ कमानस्थित मदन भण्डारी लोकमार्गमा आज अपराह्न स्कुटर र कार एकआपसमा ठोक्किँदा स्कुटर चालक घाइते भएका छन् ।
जिल्ला प्रहरीका अनुसार झापाबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००५ बा ६८८६ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०२७ च ९५७३ नम्बरको कार एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा स्कुटर चालक कैलाली जिल्ला लम्कीचुहा नगरपालिका–२ निवासी २४ वर्षीय मयाराम धमला घाइते भएका छन् । उनको टाउको, अनुहार, दुवै हात तथा दुवै खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।
कार चालक सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–५ निवासी ५० वर्षीय मादप पाठक भने सकुशल रहेका छन् ।
दुर्घटनामा संलग्न दुवै सवारी साधन हाल नेपालटार प्रहरी कार्यालयको नियन्त्रणमा रहेका छन् । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
दुर्घटनाको केही समयअघि सोही सडक खण्डमा मोटरसाइकल र ट्रक एकआपसमा ठोकिँदा उदयपुरगढि -२ कि महिला यमुना अधिकारी बिक को घट्नास्थलमै मृत्यु भएको छ ।