Sunday, March 15News That Matters

उदयपुरबाट १२ जनाले लियो गैरआवासीय नागरिकता

पूर्णपुष्टि, असार ९ । जिल्ला प्रशासन कार्यालय उदयपुरबाट १२ जनाले गैरआवासीय नागरिकताको प्रमाणपत्र लिएका छन् । कार्यालयले बिहिबार आर्थिक बर्ष २०८१÷०८२ मा भएको कार्यसम्पादन प्रगति विवरण सार्वजनिक गर्दै ६–६ जना महिला र पुरुषले गैरआवासिय नागरिकताको प्रमाण पत्र लिएको जनाएको छ ।

कार्यालयको विवरणअनुसार नयाँ नागरिकता प्रमाणपत्रमा वैवाहिक अंगीकृत लिनेको संख्या ८ जना, वंशजको नागरिकता लिनेको संख्या १० हजार १ सय ३४ जना रहेको छ । यस्तै ६ हजार ७ सय ६६ जनाले नागरिकताको प्रतिलिपि लिएको, १ सय ५९ जनाले नाबालक परिचयपत्र लिएको, ८ हजार २ सय ८८ जनाको राहदानी संकलन गरिएको, ८ हजार ३ सय ६४ जनाको राहदानी आवेदन संकलन गरिएको, २८ हजार ७ सय ६३ जनाको राष्ट्रिय परिचयपत्र विवरण दर्ता र ५ हजार ९ सय ३८ जनाको राष्ट्रिय परिचयपत्र वितरण गरिएको कार्यालयले जनाएको छ ।

त्यस्तै दलित–आदिवासी जनजाति–मधेशीलगायत अन्य सिफारिस दुई हजार १ सय २ जना, भारतीय–ब्रिटिस पेन्सन सिफारिस ७९ जना, ठाडो उजुरी १ सय २२ जना, नयाँ संस्था दर्ता २३ जना, नवीकरण १ सय ७३ जना, हातहतियार नवीकरण ११ जना, ड्रोन अनुमति १ जना, नयाँ मुद्दा दर्ता ७९ जना, मुद्दा दर्ता फर्स्योट ७० जना, सरकारी कार्यालयको निरीक्षण ४ पटक, बजार अनुगमन १७ पटक, जिल्ला विपद् व्यवस्थापन समिति–कार्यालय प्रमुखको बैठक ८–१२ पटक, जिल्ला सुरक्षा समितिको बैठक ३८ पटक, कार्यालय समितिको बैठक १२ पटक र विकास आयोजनाको अनुगमन ५ पटक गरिएको छ ।

कार्यालयले राहदानी शुल्क ४ करोड ६३ लाख ८५ हजार, अन्य प्रशासनिक सेवा शुल्क ५ लाख ६२ हजार १५० र हातहतिया नविकरण दस्तुर १ लाख ५ हजार २ सय ५० गरी जम्मा ४ करोड ७० लाख ५२ हजार ४ सय रुपैँया राजस्व संगलन गरेको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलले बताउनुभयो ।