
पूर्णपुष्टि, बैशाख ५ । अबैध काठ तस्करीको आरोपमा उदयपुरमा एक सामुदायिक वनका अध्यक्ष पक्राउ परेका छन् । त्रियुगानगरपालिका ५ स्थित अम्बिका सा.ब.उ.स. दमौतीका अध्यक्ष लिलबहादुर ग्राङ्जा मगर हिजो पक्राउ परेका हुन् । अध्यक्ष ग्राङ्जा मगरले हिजो छपान विनाको काठ ट्याक्टरमा ल्याउदै गरेको अवस्थामा स्थानीयले फेलापारी बन कार्यालयलाई खबर गरेको थियो । काठ बोक्ने स १ त ७०४८ नम्बरको ट्याक्टर र काठ बन कार्यालयको नियन्त्रणमा रहेको छ भने अध्यक्ष ग्राङ्जा मगर बन हिरासतमा रहेका छन् ।
आर्थिक लाभका लागि अध्यक्षले बनबाट लिएको कटान, लागत आदेश भन्दा बाहिर गएर उपभोक्ताहरुको आँखा छली अबैध काठ काटेको आरोप छ । अबैध काठ ओसार पसारमा प्रयोग भएको ट्याक्टर वडासदस्य कुबेर ग्राङ्जा मगरको रहेको र वन अध्यक्ष उनको बुवा रहेको बुझिएको छ । घटनापछि वनअध्यक्ष र ट्याक्टर छुटाउन समुहमा बैंठकको किर्ते निर्णय भएको आरोप उपभोक्ताको छ । वनअधिकृत इन्द्र सापकोटाका अनुसार स्थानीयको सहयोगमा पक्राउ परेका अध्यक्ष ग्राङ्जा मगरमाथि अदालतबाट पाँच दिनको म्याथथप गरी थप अनुसन्धान चलिरहेको छ ।
