उदयपुरमा “आई डियर नो ड्रग क्याम्पियन” अभियान प्रभावकारी बन्दै

पूर्णपुष्टि, १४ माघ ।
उयदयपुर प्रहरीले लागु औषाध दुव्र्यसन न्युनिकरण गर्न चालेको अभियान (आई डियर नो ड्रग क्याम्पियन) अभियान उदयपुरमा प्रभावकारी देखिएको छ । जिल्लामा रहेको बढ्दो लागु औषाध दुव्र्यसनलाई यस कार्यक्रमले अवस्था केही समान्य बनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिनन्दन चौधरीले पछिल्लो समय लागु औषाधको केसहरु घटेको जनाए । कुनै बेला दैनिकी जस्तो कारोवारी र प्रयोगकर्ताहरुलाई पक्राउ गर्नु पर्ने अवस्थामा अहिले त्यो घटेको डिएसपी चौधरीको बुझाई छ ।

करोवारीमा संलग्न र प्रयोगकर्ताहरुलाई कडाई कर्वाही र सचेतनाको कार्यक्रम पश्चात अवस्था सामान्य भएको हो । प्रहरीले लागु औषाध न्युनिकरण गर्न हदै सम्मको कार्यक्रमहरु संञ्चालनमा ल्याएका थिए । जिल्ला प्रहरी कार्यालय उदयपुरमा मंसिर ९ मा प्रयोगकर्ताहरुलाई मनोपरामर्श दिएपछि थप दुव्र्यसन जिल्लामा घटेको छ । गाईघाटमा ५२ जनालाई कार्यालयको हलमा उपस्थित गराएर लागु औषाधको असर र यसको समस्या बारे परामर्श गराईएका थिए । त्यस कार्यक्रममा सहभागी सबैले लागु औषाध प्रयोग नगर्ने प्रतिबद्धता जनाएका थिए ।कार्यक्रममा सहभागीहरुलाई प्रहरीले लगतार निगरानी गरिरहेको छ । हरेक शनिवार प्रहरीले प्रयोगकर्ताहरुको घरघरमै पुगेर उनिहरुको अवस्था बुझिरहेको छ । प्रयोगकर्ताको परिवारलाई निगरानी बढाउन र उनिहरुको बारेमा जानकारी राख्न भनिएको छ । परिवारले पनि आफ्नो बच्चाहरुमा सुधार आएको जनाएको छ । त्रियुगा नगरपालिका वडा नं ५ श्रीपुरकी संगिता राईले आफ्नो भाई अहिले काममा लागेको जनाईन । उनले पहिलेको भन्दा केही सुधारीएको हो की भन्ने लागेको जनाईन् । यस्तै प्रयोगकर्ता रोजीना राईले आफुले त्यस्तो कुलत छाडेको जनाईन् । गाह्रो भएको अवस्थामा पनि सहेर लागु औषाध बाट टाढा रहने कोशीस गरिरहेको उनले जनाईन् । प्रहरीले शनिवार श्रीपुरका प्रयोगकर्ताहरुको घरमा पुगी अवस्था बुझेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0