Sunday, March 16News That Matters

उदयपुरमा आजदेखी उभौली पर्व मनाईदै

पूर्णपुष्टि, जेठ १० । उदयपुरमा आजदेखी भुमिपुजक किराँत राई समुदायको उभौली पर्व मनाउँदै छ । जिल्लाको विभिन्न पालिकाभित्र बसोबास गर्दै आएका किराँत राई समुदायले आज (बैशाख शुक्ल पूर्णीमा) मा आ–आफ्नो भूमेस्थानमा सिकारी पुजा गरी उभौली पर्व मनाउने र चण्डी नाच नाच्न सुरु गरेको छ ।

जिल्लाको त्रियुगा नगरपालिका, बेलका नगरपालिका, चौदण्डीगढी नगरपालिका लगायतका किराँत राई समुदायले साकेला नाच्दै उभौली पर्व मनाउन सुरु गरेको हो । विभिन्न नगरपालिका भित्रका किराँत राई समुदायले विभिन्न वडामा साकेला नाच्दै उभौली पर्व मनाउन सुरु गरेका छन् ।

बाली लगाउनुअघि राम्रोसँग काम होस् भनी भूमेस्थानमा प्रकृतिको पूजा आराधना गर्ने परम्परा छ । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको बताइन्छ । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ ।

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्राएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने भनाइ पनि रहेको छ ।