Sunday, May 3News That Matters

उदयपुरमा आज पनि कर्फ्यु लागु

पूर्णपुष्टि, भदौ २७ । उदयपुरमा आज पनि कर्फ्यु लागु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरले बुधबार देखी जारी गरेको कर्फ्युलाई निरन्तरता दिएको हो । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलले आज साझँ ७ बजेदेखी भोली बिहान ५ बजेसम्म कफ्र्यु आदेश जारी गर्नुभएको छ ।

स्थानीय प्रशासन ऐन संशोधनसहित २०२८ को दफा ६ (३) क बमोजिम तोकिएको स्थानमा आवत–जावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक गर्न नपाउने गरी कफ्र्यु आदेश जारी गरिएको छ ।

जिल्लाका विभिन्न स्थानहरूमा हुनसक्ने प्रदर्शन, जुलुस र हुलदङ्गाजस्ता गतिविधिका कारण प्रतिकूल अवस्था सिर्जना हुनसक्ने र शान्ति सुरक्षामा खलल पुग्नसक्ने परिस्थितिलाई दृष्टिगत गरी कफ्र्यु आदेश जारी गरिएको छ ।