Wednesday, June 10News That Matters

उदयपुरमा आत्महत्याको डरलाग्दो तथ्याङ्क

पूर्णपुष्टि, साउन २५
उदयपुरमा आत्महत्या घटना दिनानुदिन वड्दै गएको छ । एक वर्षको अवधिमा जिल्लामा आत्महत्याको डरलाग्दो तथ्याङ्क सार्वजनिक भएको छ । आर्थिक वर्ष ०७८ ÷ ०७९ मात्र उदयपुरमा ९४ जनाले आत्महत्या गरेका छन् । यसमा पनि झुण्डिएर ८६ जना र विष सेवन गरेर ८ जनाले मृत्यु रोजेका छन् ।मानिसले जिवनमा वाकी विकल्प नदेखेपछि आत्महत्याको वाटो रोज्ने गर्छ । आफुले सोचेजस्तो नभएपछि मानिस विरक्तिएर जिवन त्याग्ने काममा अग्रसर हुने गरेका छन् । नेपालमा आत्महत्यालाई कानुनले गैह्र कानुनी मानेको छ ।

गरिबी , एक्लोपन , बेरोजगारी , प्रेममा असफलता , सामाजिक सन्जालको देखासिखीका कारणले आत्महत्या वढ्दै गएको छ । उदयपुर प्रहरी प्रमुख ज्ञानेन्द्र प्रसाद फुयालका अनुसार मान्छेले आफुलाई अरुसँग तुलना गरेपछि कमजोर मान्ने र सो चिन्ता वढ्दै गएर गलत कदम उठाउने सम्मको अवस्थामा पुग्ने वताउछन् । नेपालमा बैदेशिक रोजगारमा जाने प्रवृती बढेसँगै पारीवारिक बिछोड बढाउने र एक्लोपन बड्न गई मान्छे आत्महत्याको जिवन सिध्याउने मार्गमा लाग्ने गरेका देखिन्छ ।