
पूणर्पुष्टि, साउन, ९
मिलन परियार
उदयपुरको लिम्चुङबुङ गाउँपालिका वडा नं ५ जाँतेका विध्याराज राईले घरमा भरेर राखेको भरुवा बन्दुकले आफ्नै निधारमा हानेर अात्मह*त्या गरेको छ ।
शुक्रबार साँझ ७ बजेको समयमा पहिल्यै भरेर राखेको बन्दुकले निधारमा हानेर अफ्नै ह*त्या गरेको राईको घटना स्थलमै मृत्यु भएको हो । घटनापछि लिम्चुङबुङबाट तत्काल प्रहरी टोली घटना स्थलतर्फ लागेको छ । थप अनुसन्धानका लागि जिल्लाबाट पनि प्रहरी टोली घटना स्थल तर्फ जाने जानकारी आएको छ ।
१ बर्ष अघि मात्रै श्रीमतीले पनि विष सेवन गरी ज्यान गुमाएका थिए । राई विगत बाटै बढी मात्रामा मादक पदार्थ सेवन गर्ने स्थानीयले जनाएको छ ।
