Wednesday, April 22News That Matters

उदयपुरमा कारको ठक्करबाट साईकल यात्री गम्भिर घाईते

पूर्णपुष्टि, असार २६ । उदयपुरको चौदण्डीगढी नगरपालिका–७ भुल्के स्थितमा कारको ठक्करबाट एक साईकल यात्री गम्भिर घाईते भएका छन् । बिहिबार बिहान मदनभण्डारी लोकमार्ग अन्तर्गत बेल्टारदेखी रामपुरतर्फ जादैँ गरको बा ५ च ९९८८ नम्बरको कारले सोही दिशातर्फ जादैँ गरेको साईकललाई ठक्करदिँदा चौदण्डीगढी–४ मकमडाँडाका ६० बर्षीय जितबहादुर बस्नेत घम्भिर घाईते भएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

ईप्रका कार्यालय बेल्टारका प्रहरी निरिक्षक बबिन राईका अनुसार कारको ठक्करबाट टाउकोमा चोट लागेको बस्नेतलाई तत्काल उपचारको लागी नगर अस्पताल बेल्टारमा लगिएपछि न्यूरो अस्पताल विराटनगर रिफर गरिएको छ । साईकलाई ठक्करदिने कारसहित चालक चौदण्डीगढी–९ हडियाका अन्दाजी ३६ बर्षीय युवराज खत्रीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।