Wednesday, April 22News That Matters

जोखिमबाट सतर्क रहन जिल्ला प्रशासन कार्यालय उदयपुरको आह्वान

पूर्णपुष्टि, २६ असार ।
जिल्ला प्रशासन कार्यालय उदयपुरले मनसुन जोखिमबाट सतर्क रहन आह्वान गरेको छ । देशको बिभिन्न स्थानमा भैरहेको मनसुन कुनै पनि बेला जिल्ला प्रवेश गर्न सक्ने भन्दै अग्रिम रुपमा सतर्क रहन प्रशासनले आग्रह गरेको हो । बुधबार कार्यालयले सूचना जारी गर्दै चिनको तिव्वत क्षेत्र हुँदै रसुवा भोटेकोशी नदिमा मंगलबार भएको भिषण बाढीले नेपाल चीन जोड्ने मितेरी पुल लगायत अन्य संरचनाहरुमा क्षती पुराउनुका साथै मानवीय समेत क्षती पुराएको जनाएको छ । बर्षाको समयका कारण कुनै पनि वेला बाढी पहिरो र भु–क्षय जोखिम हुन सक्ने भन्दै सबै जिल्लावासीहरुलाई सचेत रहन कार्यालयले अनुरोध गरेको हो । बिषेशगरी खोला नाला र नदी आसपास बसोवास गर्नेहरुलाई सतर्कता रहन अनुरोध गरिएको छ भने हिडडुल गर्दा अत्यावश्यक वाहेक अन्य यात्राहरु नगर्न सुझाईएको छ ।