उदयपुरमा किरात राई चलचित्रकर्मी संघ गठन

पूर्णपुष्टि, असार ८
उदयपुरमा किराँत राई चलचित्रकर्मीसंघ गठन भएको छ । प्रदेश नं १ को बिभिन्न जिल्लाहरुमा गठन गर्ने अभियान अन्तर्गत उदयपुरमा पनि गरिएको हो । उदयपुरमा बिक्रम राईको अध्यक्षतामा १३ कार्यसमिति गठित भएको छ ।

हाल अध्यक्ष बिक्रम राई, सचिव चेवान राई, सहसचिवमा भावना राई, कोषाध्याक्षमा मुना राई रहेको छ । यस्तै गरी सदस्यहरुमा डम्वर बहादुर राई (डिबि), समिप राई र मौसम किराती रहेको छ । अन्य बाँकी रहेको पद भने अर्को बैठकबाट मनोनित गरी समितिलाई पूर्णता दिईने गरी कार्यसमिति निर्माण भएको छ । संघका केन्द्रीय अध्यक्ष केसव राई लगायतको उपस्थितिमा गाईघाटमा जिल्ला कार्यसमिति गाईघाटमा गठन गरिएको हो ।

अध्यक्ष राईले चलचित्र मार्फत किराँतीहरुको संस्कार संस्कृति, सभ्यता र पहिचानको उत्थानका निम्ति जिल्ला प्रदेश र केन्द्र सम्म यसको कमिटी निर्माण हुन आवश्यक रहेको जनाए । चलचित्र एक समाजको ऐना समेत रहेको हुँदा यस क्षेत्रबाट पनि कराँतीहरुको लोप हुँदै गएको संस्कार संस्कृत र सभ्यता सहित पहिचानका अधिकारहरु चित्रण बिधि र दृश्य बाट उजागरको निम्ति कार्यसमितिको ठुलो भुमिका रहने जनाए । उनले यस समितिमा कुनै कलकारहरुनै हुनु पर्ने मान्यता नरहेको जनाए । किराँत पहिचानलाई बुझेको र यसको पक्षमा वकालत गर्न कुनै पनि व्यक्तिहरुले समितिमा रहेर काम गर्न सक्ने जनाए । अध्यक्ष राई सँगै चलचित्रकर्मीहरु किरण राई र भुवन सिंङ राईकोे सहकर्मी टोली प्रदेश नं १ को बभिन्न जिल्लाहरुमा कमिटी गठनको निम्ति लागि परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: