
पूर्णपुष्टि, चैत्र २९ । उदयपुरमा किर्ते मुद्धाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–११ दुर्गा टोल बस्ने ३५ बर्षीय मो. समसद रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार मंगलबार जिप्रकाबा खटिएको प्रहरी टोलीले समसदलाई पक्राउ गरेको हो । जिल्ला अदालतको मिति २०७३÷०८÷०८ गतेको फैसलाले लगत नं. २२२९ किर्ते मुद्धामा किर्ते मुद्धामा समसदलाई ११ महिना ७ दिन कैद सजाय तोकेको डिएसपी चौधरीले बताए । मंगलबार जिप्रकाबा खटिएको प्रहरी टोलीले समसदलाई पक्राउ गरेको डिएसपी चौधरीले बताए । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागी जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।
