Wednesday, July 15News That Matters

उदयपुरमा खोलामा बगेर बालक बेपत्ता

पूर्णपुष्टि/उदयपुर, असार ३१ ।
उदयपुरको कटारी नगरपालिका–२ गराँसमा खोलाले एक बालकलाई आज बगाएर बेपत्ता पारेको छ । स्थानीय गणेश स्थानीय चाबा तामाङका ९ वर्षिय छोरा गणेश तामाङलाई खोलाले बगाएर बेपत्ता पारेको हो ।
इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी उपेन्द्र खरेलका अनुसार दिउँसो गराँसस्थित नाराङ्गे (नारायणी) खोला र कमला नदीको दोभानबाट बालकलाई बगाएको हो ।साथीहरूसँग माछा मार्दै पौडी खेल्ने क्रममा उनलाई खोलाले बगाएको थियो । गाउँका पाँच बालबालिका खोलामा गएका थिए । घटनापछि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी कार्य गरिरहेको जनाइएको छ ।