Sunday, June 21News That Matters

उदयपुरमा गाँजा सहित एक युवती पक्राउ

पूर्णपुष्टि, असार १३

उदयपुरको बेलका बाट गाँजा सहित एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

आईतबार दिउँसो अन्दाजी २ बजेको समयमा बेलका नगरपालिका ८ कोठु बाट खटिएको स्थाई प्रहरी पोष्टले चेकजाँचको क्रममा भोजपुर हतुवागढी गाउँपालिका ४ की १८ बर्षिय सुजता मंग्रातीलाई  अन्दाजी १ केजी गाँजा सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

मग्रातीले बोकेको जेब्रा झोला भित्र प्लाष्टीकले बेरेर लुकाई छिपाई गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेको उनिलाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सीलामा ल्याई थप अनुसान्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।