उदयपुरमा गाली बेज्जती मुद्धाका २ जना फरार प्रतिवादी पक्राउ

पूर्णपुष्टि, पुष ११ । उदयपुरमा गाली बेज्जती मुद्धाका २ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका–५ घुम्ने बस्ने ६२ बर्षीय डम्बर बहादुर कटुवाल र ५२ बर्षीय तिलक बहादुर कटुवाल रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

उदयपुरका प्रहरी नायव उपरिक्षक हरिनन्दन चौधरीका अनुसार प्रचौ लालबजारबाट खटिएको प्रहरी टोलीले गाली बेज्जती मुद्धामा जिल्ला अदालतले रु.५–५ हजार जरिवाना तोकेका उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई फैसला कार्यन्वयनका लागी जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
6
+1
0
+1
1
+1
1