Sunday, April 19News That Matters

उदयपुरमा चमत्कारी जडीबुटी संग्रह पुस्तक विममोचन


पूर्णपुष्टि, भदौ २७

नेपाल आयुर्वेध औषधी व्यवसायी संघ उदयपुरले चमत्कारी जडीबुटी संग्रह पुस्तकको शनिवार विमोचन गरेको छ । गाईघाट स्थित ए वान होटलमा जडीबुटी सम्बन्धि बिभिन्न ज्ञानमा आधारीत चमत्कारी जडीबुटी संग्रह पुस्तक विमोचन गरिएको हो ।
प्रदेश सांसद अम्विका थापा, समन्वय प्रमुख खड्ग परियार लगायतले पुस्तकको विमोचन गरेका छन् । पुस्तक विमोचन संगै सांसद थापाले नेपालमा जडीबुटीको अत्यादिक महत्व रहेको भन्दै यसलाई प्रयोग गर्ने तरिकाहरु निकै महत्वपूर्ण पक्ष रहेको बताईन् । उनिले जरिबुटीको सहि प्रयोगको निर्देशन गर्न सहयोग पुराउने यस पुस्तक निकै महत्वपूर्ण रहेको बताईन् ।

सांसद थापाले उदयपुरमा उत्पादन भएको जरिबुडीहरुलाई निकै महत्वका साथ आफुले ध्यानमा राखेको र उत्पादन जडीवुडीलाई आफुले सक्दो सहयोग गर्ने बताईन् । यस्तै संघका अध्यक्ष ओमराज लिम्वुले जडीबुडी प्रयोग सम्बन्धि यस पुस्तकले सबैलाई ज्ञान बाँड्ने बताए । तपाई हामि संग भएको जडीबुडी चिन्न नसक्दा र प्रयोग गर्न नजान्दा धेरै जडीबुडी औषधीहरु नष्ट भइरेको बताए । लिम्वुले यस पुस्तकले घरघरमै भएका जडीबुडीहरुलाई कसरी प्रयोग गर्ने भन्ने बिषयमा ठुलो ज्ञान दिने बताए । पुस्तक नेपाल आयुर्वेध औषधी व्यवसायी संघका सल्लाहकार तेजनाराय शेर्पाद्धारा लिखत छ ।