पूर्णपुष्टि, भदौ १७ । उदयपुरमा चेक अनादर मुद्धाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–३ कुसुम चौरी बस्ने ३३ बर्षीय सुजना राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
चेक अनादर मुद्दामा २०७७।१०।२८ गते जिल्ला अदालतले रु ३००० (तीन हजार रुपैया) जरिवाना तोकेतापनि फरार रहेका राईलाई आईतबार मध्यान्ह १२ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिन्नदन चौधरीले जानकारी दिए । उनका अनुसार ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी निरीक्षक सहितको प्रहरी टोलिले राईलाई आफ्नै घरमा लुकीछिपि बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय बेल्टारमा ल्याई आवश्यक अनुसन्धान पश्चात फैसला कार्यान्वयनको लागी जिल्ला अदालत उदयपुर पठाइएको प्रहरीले जनाएको छ ।