Sunday, July 5News That Matters

उदयपुरमा जनयुद्धको संझनामा दिप प्रज्वलन

पूर्णपुष्टि, फागुन २ । उदयपुरको सदरमुकाम गाईघाटमा २९ औं जनयुद्धको दिवसको सम्झनामा दिप प्रज्वलन गरिएको छ । त्रिनपा–११ स्थित पिपल चोकमा हिजो साँझ क्रान्तिकारी माओबादी नेपाल, उदयपुरले दिप प्रज्वलन गरेको हो ।

उक्त दिप प्रज्वलनको अबसरमा गरिएको कोणसभामा पार्टिका केन्द्रिय सदस्य तथा प्रदेश समितीका स्कुल बिभागका प्रमुख अम्मर परियारले दलाल संसदिय ब्यबस्थाको अन्त्यको निम्ति फेरि पनि आंधिबेहेरी सृजना गर्नु पर्ने बताउंदै अब अन्तिम युद्धको तयारिमा जुट्नु पर्ने बताउनु भयो।

जनयुद्धको भावना बिपरित धोकेबाज प्रचण्डले देशलाइ बर्बादितिर लागेको र उनिहरुले शहिदका सपनालाइ लत्यायर दक्षिणपन्थी भाषतिर जाकियको ठोकुवा गर्दै अब उनिहरुबाट देश र जनताको मुक्ती नहुने ठोकुवा गर्नु भयो ।