Thursday, June 4News That Matters

उदयपुरमा जित्ने लक्ष्य राखेका देखी उपस्थिती देखाउने दलसम्म चुनावी मैदानमा

पूर्णपुष्टि, वैशाख १३ गते ।
उदयपुरमा उम्मेदवारको मनोनयन सम्पन्न भएको छ । जिल्लाका आठ पालिकामा मुख्यगरी एमाले, कांग्रेससहितको तीन गठबन्धन साथै माओवादी एकिकृत समाजवादीको दुई दलिय गठबन्धन बीच नै मुख्य प्रतिस्प्रर्धा हुने देखिएको छ ।
त्रियुगा र चौदण्डीगढमा एमाले, कांग्रेस र माओवादी–एकिकृत समाजवादी बीच त्रीपक्षिय भिडन्त हुने छ भने बाँकी ६ पालिकामा कांग्रेस–माओवादी–एकिकृत समाजवादीको सत्तारुढ गठबन्धन र एमाले बीच मुख्य प्रतिस्प्रर्धा रहेको छ ।
जिल्लामा मुख्य दलबीच प्रतिस्प्रर्धा हुने भएपनि आफ्नो अस्तित्व देखाउन पार्टीको नाम जनतालाई सुनाउनसमेत उम्मेदवारी परेको छ । त्रियुगामा मैलिक जरेकिलो पार्टीले प्रमुख पदमा मनोनयन गरेको छ । यस्तै, राष्ट्रिय जनमुक्ती पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जन समाजवादी पार्टी लगाएतले समेत उम्मेदवारी दिएका छन् । जिल्लाको उदयपुरगढी, चौदण्डीगढी लगाएतमा मङ्गोल नेशनल पार्टीले आफ्नो अस्तीत्व देखाउने प्रयास गरेको छ ।